गलकोट (बागलुङ), १३ फागुण।  बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ।

आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपा उम्मेदवार पदमबहादुर कुँवरले पौडेललाई आफ्नो समर्थन दिने घोषणा गरेका हुन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले आफूले पार्टीको उम्मेदवार हुँदा मत विभाजन भएर पराजित हुने अवस्था आउन सक्ने भएकाले कांग्रेसका पौडेललाई सघाउने निर्णय गरेको बताए।

ADVERTISEMENT

कुँवरले माओवादी केन्द्र नेकपा भएपछि प्रलोपातर्फ लागेको भए पनि अबको निर्वाचनमा स्थानीय जनमतलाई ध्यानमा राख्दै सहयोगको निर्णय गरेको जनाइएको छ। यससँगै प्रलोपा भित्रका नेता र कार्यकर्ता भने केही हदसम्म अन्योलमा देखिएका छन्।

ADVERTISEMENT