काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

आज ९३ लाख कित्ता किनबेचपछि कुल चार अर्ब २३ करोडको कारोबार भएको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

२१३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ वटाको घटेको । एसवाई प्यानल नेपाल कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको साढे २४ करोड र राधी विद्युत कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

मंगलबार साल्पा विकास बैंकको १० प्रतिशतले बढेको छ। यसबाहेक रिलायन्स स्पिनिङ मिल्स, हिमालयन पावर पार्टनर, सागर डिस्टिलरी, बन्दीपुर केवलकारलगायतको अधिकतम ९.३१ प्रतिशतसम्मले बढेका छन्। नेपाल एसबीआई बैंकको ३.५८ प्रतिशतले घटेको छ।

ADVERTISEMENT

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

ADVERTISEMENT