काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरिमा म्युचुअल फण्डअन्तर्गत एक अर्ब बराबरको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ निष्कासन गर्न स्वीकृति दिएको छ ।

गरिमा विकास बैंक कोष प्रवद्र्वक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रुपमा ५० करोड रकम बराबरको प्रति इकाई १० रुपैयाँको दरले पाँच करोड इकाई बिक्रीका लागि सार्वजनिक निष्कासन हुनेछ । योजनामा आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

हाल एक अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा छ ।