काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको छ । आज सुन प्रतितोला नौ सय बढेको र चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ ।
सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








