काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो चुनौती उम्मेदवारहरुको उत्तेजक अभिव्यक्ति हुने देखिएको छ । जसकारण निर्वाचन आयोगलाई कसरी सम्हाल्ने भन्ने कठिनाइ हुने देखिएको छ । एक से एक उम्मेदवारका अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोध्ने क्रमलाई तीव्र पारेको छ ।

आयोगले रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन, एमाले सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ। साह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार छन्।

ADVERTISEMENT

उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको छ। बालेनले दिएका अभिव्यक्तिविरूद्ध आयोगमा उजुरी परेको थियो।

ADVERTISEMENT

निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको थियो।

उजुरीमा एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ। त्यस क्रममा बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ।

ADVERTISEMENT

एमाले सचिव बस्नेतविरूद्ध पनि उनले दिएका अभिव्यक्तिलाई लिएर उजुरी परेको हो। उनले बालेनले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ। एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई स्पष्टीकरण सोधिएको हो। साथै, स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल (निकोलस) लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।