काठमाडौं । फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुन मानिसहरुको भीड निर्वाचन कार्यालयमा लागेको छ ।

निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरेसँगै मतदाताको भीड बढेको हो ।

ADVERTISEMENT

निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ। फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ।

ADVERTISEMENT

निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ।

अहिलेसम्म २१ हजार नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । खासगरी युवा पुस्ताका मानिस मतादाता नामावलीमा नाम दर्ता गराउन धेरै पुगेका छन् ।

ADVERTISEMENT