काठमाडौँ । शिक्षामन्त्री महावीर पुन पनि चुनावी मैदानमा उत्रिएका छन् । हिजोसम्म राजनीतिक दल र नेतालाई गालीगलौज गर्ने पुन अहिले आफैं चुनावमा उत्रिएका हुन् ।

पुनले सोमबार साँझ पदबाट राजीनामा दिएर म्याग्दीबाट उम्मेदवार बनेका छन् । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

ADVERTISEMENT

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई रास्वपाले समर्थन गर्ने भएको छ । उनले केही समयअघि सामाजिक सञ्जालमा एकजनाले मात्रै गरेर देश नबन्ने बताएका थिए । रास्वपाले निकै दबाब दिएपछि उनी स्वतन्त्र उम्मेदवार बन्न तयार भएको बताइन्छ ।

ADVERTISEMENT