काठमाडौं । विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ।
ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्ने गरी पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बुधबार राति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको छ भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चुनेको छ। महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चुनिएका छन्।







