काठमाडौं। नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरे पछि कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, “कसैले हटायौं भनेर हट्ने होइन। पार्टी कसैको प्राइभेट कम्पनि होइन हटाउदैमा हट्नलाई “  उनले थपे  देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ र अब विशेष महाधिवेशनमा निर्वाचन कमिटीमार्फत नयाँ कार्यसमिति चयन गरिनेछ र आफु  महाधिवेशनमा सहभागीहरूलाई बीपी कोइराला र गणेशमान सिंहका सच्चा अनुयायी भएको पनि बताए।

थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको स्पष्ट गर्दै आफ्नो राजनीतिका अनुभव साझा गरे। उनले बताए कि ९ कक्षामा पढ्दा नै कांग्रेसमा प्रवेश गरेका थिए र २०४६ तथा २०६२/०६३ को आन्दोलनमा सक्रिय सहभागी रहेका छन्। थापाले भने, “कसैले हटायौं भनेर हट्ने होइन।” उनले  यस्ता कारबाहीलाई स्वभाविक रुपमा लिन र पार्टीभित्रको रुपान्तरणको मागलाई अगाडि बढाउन आग्रह गरे।

ADVERTISEMENT

महामन्त्री विश्वप्रकाश शर्माले पनि देउवा पक्षको कारबाहीले आफूलाई नडराएको र राजनीतिमा कहिलेकाहीँ यस्तो स्वाभाविक रुपमा हुने कुरा भएको उल्लेख गरे। शर्मा अनुसार पार्टी र देशमा रुपान्तरण ल्याउन सक्ने व्यक्ति गगनकुमार थापा मात्रै हुन्।त्यसैले कोहि बिचलित नभई निर्धक भएर चुनावमा भाग लिन आग्रह गरे।

त्यसै गरि अर्का कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीभित्र बहुमत नेता–कार्यकर्ताको वेगलाई कुनै कारबाही वा निर्णयले परिवर्तन गर्न नसक्ने बताएका छन्।मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने बताए। उनले विशेष महाधिवेशनमा नयाँ कार्यसमिति चयन हुने र अर्को कुनै कमिटी नरहेको स्पष्ट पारे।

ADVERTISEMENT