काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा २१.७६ अंक बढेर २८९२ अंकमा कायम भएको छ ।

नेप्से ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । गत वर्षको भदौ ९ गते २८९४ अंकमा थियो । आज अघिल्लो दिनभन्दा पाँच अर्बले कारोबार रकम घटेको छ । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो ।

आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ को घटेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो । बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७ प्रतिशतले बढे ।

सोमबार सकारात्मक सर्किट लागेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन् । उन्नति सहकार्य लघुवित्तको ९.४०, फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशत मूल्य बढ्यो ।

ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक छन् ।