काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा कायम भएको छ ।
बजार सुरु हुनेवित्तिकै सेयर बजार सकारात्मक थियो । कारोबारको बीच समयमा कुनै बेला मात्र खटेको नेप्से अन्तिम समयसम्म पनि हरियै थियो । तर बन्द हुने बेला झिनो अंकले घटेको छ ।
बुधबार सेयर कारोबार पनि खासै भएन । सबैले बजार बढ्ने आशमा सेयर होल्ड गरेका छन् । त्यसैले ३२० कम्पनीको दुई करोड १६ लाख कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६३ करोडको कारोबार भएको छ ।
आ १३८ कम्पनीको सेयर मूल्य घट्दा ११२ कम्पनीको सेयर मूल्य बढेको छ । आज धेरै न्याङदी कम्पनीको २९ करोड, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, शिवम सिमेन्टको २४ करोड, एनआरएन इन्फ्रास्टक्चरको २३ करोड ३८ लाख र बलेफी हाइड्रोको २३ करोड ३२ लाखको कारोबार भएको छ ।
बुधबार विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर कम्पनीको १०–१० प्रतिशत सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त र स्वाभिमान लघुवित्तको सात–सात प्रतिशत सेयर बढेको छ । आज सेयर बजारमा लघुवित्तमा आकर्षण बढेको देखिएको छ ।








