काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २१ सय र चाँदी २५ रुपैयाँले घटेको हो ।
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँ तोकेको छ। पछिल्लो कारोबार दिन शुक्रबार चाँदी चार हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।








