काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले “राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का अध्यक्ष दुर्गा प्रसाईँसँग भेट वार्ता गरेकी छिन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको भेटवार्तामा प्रसाईँ नेतृत्वको टोली सहभागी भएको छ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि उपस्थित थिए। यसअन्तर्गत अभियानका टोलीले सरकारसँग राखेका मागबारे विस्तृत छलफल भएको सचिवालयले जानकारी दिएको छ।

ADVERTISEMENT

सरकारले सञ्चारमन्त्री खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी वार्ता गर्दै आएको छ। यसअघि मंसिर २२ गते पनि सरकारले अभियानसँग छलफल गरेको थियो। 

ADVERTISEMENT

भेटवार्तामा प्रसाईंले आफुले गत मंसिर ६ देखि राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रसाईँले आन्दोलनको कार्यक्रम अघि सार्दा, चुनाबी माहोलमा सन्देह पैदा हुनेहुँदा प्रधानमन्त्री कार्कीले चुनावको वातावरण सुनिश्चित गर्न वार्तामार्फत निकास खोज्ने पहल थालेकी हुन्।

ADVERTISEMENT