काठमाडौं । भैरहवाबाट पोखराका लागि उडेको बुद्ध एयरको एक जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्किएको छ ।सोमबार करिब दिउँसो ४ बजे उडेको ९एन पीएमवाई कलसाइनको उडान नम्बर ४६८२ मा नेभिगेसन (दिशा पहिचान प्रणाली) सम्बन्धी समस्या देखिएपछि जहाज भैरहवामै डाइभर्ट गरिएको हो ।
जहाज पोखरा पुग्नुअघि नै समस्या देखिएपछि सुरक्षालाई ध्यानमा राख्दै पुनः भैरहवा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ ।जहाजको दिशा तथा मार्ग देखाउने प्रणालीमा समस्या आएपछि अवतरण गरी आवश्यक प्राविधिक जाँच भइरहेको कम्पनीले जानकारी दिएको छ ।
यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै थप प्रक्रिया अघि बढाइएको र जाँचपछि मात्र उडान सम्बन्धी निर्णय गरिने बताइएको छ ।








