काठमाडौँ । नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ घटेको छ । चाँदीको भने प्रतितोला ६० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रूपैयाँ रहेको सुनको मूल्य सोमबार दुई लाख ७० हजार रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर आज चार हजार ८९५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला २७० रुपैयाँले बढेको थियो ।