काठमाडौं,  हिमालयन बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) को आवेदन दिने  आज अन्तिम दिन रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पु¥याउन यो निष्कासन गरिएको हो। हाल बैंकको सर्वसाधारण सेयर हिस्सा २७.०१ प्रतिशत रहेको छ। प्रतिकित्ता १५७ रुपैयाँ (१०० रुपैयाँ अंकित मूल्य र ५७ रुपैयाँ प्रिमियम) मा निष्कासन गरिएको यो एफपीओ मार्फत बैंकले १.४५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

सिटिजन्स क्यापिटलका प्रमुख कार्यकरी अधिकृतका सबिर बादेका अनुसार आज अपरान्ह सम्ममा १५.५ लाख कित्ता आबेदन मार्फत  ५ अर्ब रकम संकलन भएको छ जुन आवश्यक रकम भन्दा  ४ गुणले बढी हो। 

ADVERTISEMENT

आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ। आवेदन मेरो सेयर वा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत समेत  दिन सकिनेछ। केयर रेटिङ्स नेपालले बैंकलाई ‘CARE-NP BBB (Is)’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको वित्तीय दायित्व वहन क्षमता र क्रेडिट जोखिमलाई संकेत गर्छ। 

यो निष्कासनले बैंकको चुक्ता पुँजी २२.५८ अर्ब रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ। सिभिल बैंकसँगको मर्जरपछि सर्वसाधारणको सेयर हिस्सा घटेपछि यो एफपीओ ल्याइएको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असार २२, २०८२ मा यो निष्कासनका लागि अनुमति प्रदान गरेको थियो।

ADVERTISEMENT