काठमाडौं । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने भएका छन्। ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म दुई दिने भारत भ्रमण गर्ने तय भएका हुन् ।

केही दिनअघि नै दिल्लीबाट ओलीलाई भारत भ्रमणको निम्तो आएको थियो । प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले ओलीलाई भ्रमणको निमन्त्रणा दिएको हो ।

बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ। तर भारत भ्रमणमा ठूलो सम्झौता र समझदारी नहुने बुझिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी कात्तिकमा छोटो नेपाल भ्रमणमा आउने तयारीमा छन्। यद्यपि भ्रमण काठमाडौंमा नभई कुनै धार्मिक वा व्यापारिक स्थलमा केन्द्रित हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।