काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) र राप्रपा नेपालबीच आज धुम्वाराहीस्थित पार्टी कार्यालयमा औपचारिक एकता भएको छ। एकताको क्रममा दुबै पक्षका नेता तथा कार्यकर्ता उपस्थित थिए।एकता कार्यक्रममा नेताहरूले देशमा साझा राजनीतिक उद्देश्य र राष्ट्रिय एकताको लागि अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। एकता पश्चात् पार्टीको संगठनात्मक संरचना, कार्यक्रम तथा आगामी चुनावी रणनीतिका विषयमा छलफल गरिएको छ।

पार्टी स्रोतका अनुसार, आगामी दिनमा साझा पार्टी नेतृत्व, सदस्यता व्यवस्थापन र स्थानिय तहसम्मको संगठन विस्तारमा विशेष जोड दिइनेछ। एकतापछि पार्टीले देशभर आफ्नो प्रभाव र सदस्यता मजबुत बनाउने लक्ष्य लिएको छ।

लामो समयदेखि छुट्टाछुट्टै सञ्चालनमा रहेका यी दुई पार्टीबीच पछिल्लो समय वार्ता र संवाद बढेको थियो । एकतापछि बन्ने नयाँ पार्टीको नाम, नेतृत्व र नीतिगत विषयहरू सहमति पत्रमै उल्लेख हुने बताइएको छ ।यो एकताले राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक एकतलाई मजबुत बनाउने र आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने विश्वास दुवै पार्टीका नेताहरूको छ ।