काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा नानीमैया आचार्यलाई कुटपिट गर्ने ६ जना दोषी ठहर भएका छन् ।
दोषीबाट आचार्यलाई दुई लाख ९४ हजार क्षतिपूर्ति भराउन पनि जिल्ला प्रशासन कार्यायय काठमाडौंले आदेश दिएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको इजलासले अनिता विमली, कुमारी स्याङ्तान, अन्जु सुवेदी भनिने प्रविता भण्डारी, नारायणी राई, रिता लाखाजु र विमली श्रेष्ठलाई अभद्र व्यवहार मुद्दामा दोषी ठहर गरेको हो ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) बमोजिम कसुर गरेको ठहर गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । उनीहरूलाई सोही संहिताको दफा ११८(२) बमोजिम उपचार खर्च रकम दुई लाख ९४ हजार रुपैयाँ आचार्यलाई क्षतिपूर्ति दिन जिल्ला प्रशासनले फैसला गरेको छ ।





