काठमाडौं । समात घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ५.२५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँको ५ प्रतिशत नगद लाभांश ०.२६ प्रतिशत नगद लाभांश् (करसहित) दिने निर्णय गरेको हो ।
साथै, उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात् सो प्रस्तावलाई आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।







