काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार तीन सूचकहरु राताम्मै रहेको छ भने एक सूचक मात्रै बढेको छ । उपसूचकहरु भने राताम्मै  छन् । आज निर्माण तथा प्रशोधन उपसूचक सबैभन्दा धेरै बढेको छ ।

ADVERTISEMENT

बिहीबार ३ सय २६ कम्पनीको ७७ लाख ६८ हजार ६ सय १ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७ सय ५६ रुपैयाँ बराबर कारोबार भएको छ ।

बिहीबर ९८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ९७ लाख रुपैयाँ बराबरको करोबार हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय २ रुपैयाँ पुगेको छ ।

बिहीबार स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८.४२ प्रतिशतले घटेको छ ।