काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी नेतृत्वका लागि सहमतिको प्रयास गर्ने बताएका छन्। बिहीबार सम्पादकहरूसँगको कुराकानीमा उन दबाब र भेदभावबिना सहमतिको प्रयास गर्ने स्पष्ट पारेका हुन्।
अध्यक्षमा सकेसम्म सहमति गर्ने नभए लोकतन्त्रिक विधिबाट चयन हुने उनको भनाइ थियो । महाधिवेशनमा प्रतिनिधिले नछाने आफूपनि अध्यक्षबाट हट्न तयार रहेको बताउँदै ओलीले प्रतिनिधिले अध्यक्षमा निरन्तरता दिए त्यसका लागि पनि सकारात्मक रहेको बताए ।
११औं महाधिवेशनमा नेता ईश्वर पोखरेलले अध्यक्ष पदमा गरेको घोषणा बारे आफूलाई जानकारी नभएको ओलीको भनाइ थियो । उनको प्रश्न थियो, ‘बाहिरबाहिर अध्यक्षमा उम्मेदवारी दिएँ भन्ने कमरेड पोखरेलको कुरालाई कसरी बुझ्ने ?’ ओलीले युवाका नाममा कसैलाई पनि छाड्ननु पर्छ भन्ने नभएको पनि बताए ।
प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने उनको भनाइ थियो । ‘सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नैपर्ने हुन्छ । अर्को कुनै विकल्पै छैन,’ उनले भने । ओलीले अहिलेको अवस्था केही समयका लागि सूर्यग्रहण लागे जस्तो मात्रै रहेको दाबी गरे । ‘यो केही समय सूर्यग्रहण लागे जस्तै हो । धेरै दिन टिक्दैन,’ उनले भने । देश चलाउने कांग्रेस र एमाले नै भएकाे उनले बताए ।
ओलीले सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्रीमा नियुक्ति भएको दाबी पनि गरे । तर उनले आफूले प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस गरेकाे उनकाे भनाइ छ ।







