काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । केही बेर अघि मात्रै ओलीले पदबाट राजीनामा दिएको उनका सञचार सहयाेगी प्रकाश सिलवालले जानकारी दिए ।

जेनजी आन्दोलन अनियन्त्रित भएपछि बाध्य भएर उनले पद छाडेका हुन् । सोमबार जेनजी आन्दोलनमा १९ जना मारिएका थिए ।

ADVERTISEMENT

ओलीले मंगलबार साँझ सर्वदलीय बैठक बाेलाएका थिए । नेपाली सेना र सशस्त्र प्रहरीले ओलीलाई राजीनामा दिन सुझाव दिएकाे थियाे ।

‘सम्बत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले राजीनामा पत्रमा भनेका छन् ।

ADVERTISEMENT