काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.०२ अंक घटेर २६०६.६७ विन्दुमा झरेको छ। पछिल्ला पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले त्यसलाई निरन्तरता दिएको हो।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आइतबार पाँच अर्ब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३३१ स्टकको ८३ हजार २७३ पटकको कारोबारमा चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँबराबरको एक करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
ङादी ग्रुप पावर कम्पनीको ५५ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सागर डिष्टिलरीको करिब २४ करोड र पियोर इनर्जीको साढे नौ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
आज चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अप्पर सांग हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।








