काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुलाई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न नयाँ निर्देशन जारी गरेको छ। प्रधिकरणको मंसिर १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार इजाजतपत्र प्राप्त सबै बीमकलाई अभिकर्ता नवीकरण प्रक्रियासम्बन्धी निर्देशन गरेको हो ।
निर्देशनअनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरणका लागि बीमा नियमावली, २०८१ को नियम ४३ (१) (ख) अनुसार कम्तीमा एक प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्नेछ।
बीमा अभिकर्ताले आफ्नो व्यक्तिगत विवरण IRMIS स्पष्ट कागजातसहित इजाजतपत्र नवीकरण शुल्क अनुसूची ७ बमोजिम तोकिएको छ—नवीकरण दस्तुर १ हजार र नियमन दस्तुर ५०० सहित जम्मा १ हजार ५०० लाग्ने बोर्डले एक सूचनामार्फत जानकारी लिएको छ ।
साथै, बोर्डले तोकिएको म्यादभित्र नवीकरण गर्न नसक्ने अभिकर्ताका लागि बीमा ऐन, २०७९ को दफा ९४९२० अनुसार म्याद सकिएको मितिदेखि तीन महिनाभित्र १ हजार विलम्ब शुल्कसहित निवेदन पेश गर्न सकिनेछ। तर तीन महिनाभित्र पनि नवीकरणका लागि निवेदन पेश नगर्ने अभिकर्ताको इजाजतपत्र बीमा ऐन, २०७९ को दफा ९५ अनुसार स्वतः खारेज हुने निर्देशनमा उल्लेख छ।









