काठमाडौँ । सरकारले पहिलो पटक आगामी १६ साउनमा राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकले प्रत्येक वर्ष १६ साउनलाई कोदो दिवस मनाउने निर्णय गरेको हो ।

निजी क्षेत्रबाट विगत तीन वर्षदेखि कोदो दिवस मनाउदै आएपनि सरकारी सरकारले पहिलो पटक मनाउन लागेको हो । कृषि तथा पशुुपंक्षी विकास मन्त्रालय मुलुकमा दुुई लाख २४ हजार हेक्टर क्षेत्रफलमा तीन लाख मेट्रिक टन कोदो उत्पादन हुने गर्छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा वर्षेनी ठुुलो परिणाममा आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्ष २०८१÷८२ को एघार महिनामा ७१ करोड ८७ लाख ८४ हजार रुपैया बारबरको एक करोड ४३ लाख ५५ हजार केजीकोदो आयात भएको छ ।

गत आर्थिक वर्षमा ७५ करोड ४४ लाख २३ हजार रुपैयाको एक करोड ५२ लाख केजी कोदो आयात भएको थियो । स्वास्थ्यका लागि लाभदायक मानिने हुुँदा पछिल्लो समय कोदोको प्रयोग बढ्दै गएको छ ।

कोदोबाट बिस्कुुट, ढिँडो, मम,रोटी लगायतका परिकार बनाइन्छ । खपत बढ्दै गएपछि डिर्पाटमेन्ट स्टोरदेखि अन्य पसलमा कोदो विक्रिका लागि राख्छि । होटेल रेष्टुरेन्टले कोदोका विभिन्न परिकार बनाएर विक्रि गर्ने गरेका छन ।सरकारी तवरबाट दिवस मनाउन थालिएपछि उत्पादन गर्ने किसानलाई होैसला मिल्नुका साथै उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।