काठमाडौं । यतिबेला अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला बाहिरको ब्यानरका चलचित्रमा अभिनय गरिरहेकी छन् । निर्देशनलाई केही समय रोकेर उनी अभिनयमा क्रियाशील भएकी हुन् ।
यसैक्रममा दीपाश्रीको मुख्य भूमिका रहेको चलचित्र ‘स्त्री’ ले फागुन २९ गतेलाई रिलिज मिति तोकेको छ। जीवन शाहीको लेखन तथा निर्देशन रहेको चलचित्रको रिलिज मिति तय गर्दै निर्माण टिमले शीर्षक डिजाइन सार्वजनिक गरेको छ ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा तयार भएको चलचित्रमा समिर राईको निर्माण र सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी छन्।
चलचित्रमा निर्देशक शाहीकै कथा र पटकथा किशन अर्यालको छ। चलचित्रमा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सहनिर्देशन छ।
सामाजिक कथामा तयार हुने चलचित्रमा दीपाश्रीका साथै प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसीको मुख्य भूमिका छ।












