काठमाडौं।  विश्व बजारमा सुनको मूल्य सोमबार $४,६०० प्रति आउन्स पुगेको छ, जबकि चाँदीले पनि नयाँ उच्च स्तर कायम गरेको छ। लगानीकर्ताहरू अमेरिकी फेडरल रिजर्भ अध्यक्ष जेरोम पावेलविरुद्ध ट्रम्प प्रशासनले सुरु गरेको छानबिनपछि अस्थिर आर्थिक परिस्थितिमा सुन र चाँदीतर्फ  आकर्षित भएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्ड $४,५९६ प्रति आउन्समा कारोबार भएको थियो भने युएस गोल्ड फ्युचर(फेब्रुअरी डेलिभरी) $,४६०६ नजिक पुगेको छ। चाँदीको मूल्य पनि $८४.३२ प्रति आउन्स  पुगेको छ। विश्लेषकहरूले औद्योगिक माग बढ्दा चाँदी $९०-$१०० प्रति आउन्स पुग्ने सम्भावना रहेको बताएका छन्।

ADVERTISEMENT

विशेषज्ञहरूका अनुसारअमेरिकामा  केन्द्रिय बैंकको स्वायत्ताता सार्वजनिक रूपमा चुनौतीमा परेको र डलर कमजोर हुँदा लगानीकर्ताहरूले सुन र चाँदीजस्ता गैर उपज दिने सम्पत्तिमा लगानी बढाएको देखिन्छ।

ADVERTISEMENT

घट्दो ब्याजदर र विश्वव्यापी आर्थिक–राजनीतिक अनिश्चितताका बीच सुन र चाँदी सुरक्षित विकल्पको रूपमा लोकप्रिय भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मागलाई अझ तेज बनाएको छ ।