काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा झरेको छ ।

आज होटल, उत्पादन र अन्यबाहेक सबै समूहको सेयर घटेको छ । १६८ वटा कम्पनीको सेयर घटेकोमा ७५ वटाको बढेको छ ।

ADVERTISEMENT

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ सय ३७ वटा कम्पनीका ७९ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब ८९ करोड रुपैयाँमा किनबेच भएको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। गत बिहीबार तीन अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३३७ स्टकको ४७ हजार १७६ पटकको कारोबारमा तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँबराबरको ७९ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ कम्पनीको २८ करोड ९० लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २१ करोड र माउन्टेन इजर्नी नेपालको करिब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आइतबार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिष्टिलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।