काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।

दुई दिन लगातार ओरालो लागेको नेप्से परिसूचक आज ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा अडिएको छ।

ADVERTISEMENT

नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। सोमबार चार अर्ब ५१ करोड बराबरको सेयर कारोबार भएकोमा आज ३२७ स्क्रिप्सको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँमा खरिदबिक्री भए।
१४२ स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो।

साहस उर्जा कम्पनीको ३५ करोड मूल्य बराबरको सेयर कारोाबर भयो। राधी विद्युतको ३२ करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चरको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र सिनर्जी पावरको नौ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

ADVERTISEMENT

चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। साइन रेसुङ्गा, बन्दिपुर केवलकार, माविलुङ र सागर डिष्टिलरीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुंगल हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्यो।