काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ। बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज भने घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८२ अंक घटेर २६५४.१५ विन्दुमा झरेको छ। १३ मध्ये एक उपसमूहको परिसूचक मात्रै बढेको छ । व्यापार उपसमूहको परिसूचक ०.५९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ९३.०४ अंक घटेको छ।

बिहीबार कारोबार रकम भने बढेको छ। बुधबार चार अर्ब ४० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४७ स्टकको ६० हजार ३८१ पटकको कारोबारमा चार अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको एक करोड ८ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ ।

ADVERTISEMENT

आज रिडी पावर कम्पनीको ४७ करोड २४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको साढे २६ करोड रुपैयाँ र सोलु हाइड्रोपावरको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

ADVERTISEMENT

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। आज मूल्य बढेका बाँकी स्टकहरुको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम छ।