काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो एक वरिष्ठ अधिकृतलाई कार्यकारी निर्देशक पदमा पदोन्नति गरेको छ। बैंकको केन्द्रीय कार्यालय, मानव स्रोत व्यवस्थापन विभागले मिति २०८२ साल मंसिर १६ गते प्रकाशित सूचनामार्फत राजनकृष्ण थापालाई कार्यकारी निर्देशक (अधिकृत विशेष श्रेणी) मा बढुवा गरिएको जनाएको छ।
बैंकका अनुसार, यो निर्णय नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन सहित) को विनियम ५२ र उपविनियम ६५(२) बमोजिम गरिएको हो।
राजनकृष्ण थापा हालसम्म गभर्नरको कार्यालयमा कार्यरत रहेका थिए। उनी बैंकमा लामो समयदेखि प्रशासनिक र व्यवस्थापन कार्यमा संलग्न रहँदै आएका छन्।
सूचना कार्यकारी निर्देशक विष्णु थापाको हस्ताक्षरमा जारी गरिएको हो। नेपाल राष्ट्र बैंकले थापाको बढुवा सम्बन्धी निर्णय सार्वजनिक गर्दै सो जानकारी सबै सरोकारवालाहरूलाई अवगत गराएको जनाएको छ।
नेपाल राष्ट्र बैंकले आन्तरिक व्यवस्थापन तथा दक्ष जनशक्ति विकासका लागि समय-समयमा पदोन्नति र स्थानान्तरण गर्दै आएको छ।








