काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चन्डिका प्रसाद भट्ट सवार गाडी दुर्घटनामा परेको छ। शनिबार उनले आफैं गाडी चलाइरहेका बेला उक्त दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ।सरकारी बिदाको दिन चलाइएको गाडी सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा भट्ट भने सकुशल रहेका छन् भने गाडीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

ADVERTISEMENT