काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गर्न लागेका छन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेका छन् ।


भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारको लागि हिजो राती ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।
देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।