काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनैपूर्णिमा र गाइजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन ।
सभापति देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी)तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका हुुन ।

सभापति देउवाले भने‘, यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यस्ता मौलिक पर्वहरू हाम्रो पहिचान मात्र होइन, सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीक पनि हुन् ।’

ूलोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुन्छ, जसले सबै संस्कृतिको संरक्षण र सम्वर्धनमा योगदान पुर्‍याउँछ । हामी सबैले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी हो,देउवाले भने ।