काठमाडौं । नवनियुक्त मन्त्रीद्वय सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा आइतबार दिउँसो आयोजित विशेष समारोहमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गौतमले स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रुपमा शपथ लिएका हुन् ।

ADVERTISEMENT

पूर्वसचिव शर्मा कांग्रेस निकट र गुप्ता काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेन निकट मानिन्छन् । प्रधानमन्त्री सुशीला कार्कीले चारजनाको नाम मन्त्रीमा सिफारिस गरेकी थिइन् । जसमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम काटिएको छ ।

ADVERTISEMENT