काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकले नेपाल राष्ट्र बैककाे गभर्नर नियुक्त गर्न सक्ने जनाइएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । समितिको बैठक आजै बसेर गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने स्रोतले बताएको छ ।
समितिले सिफारिस गरेका तीनजनामध्येबाट एकजनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ । गभर्नरका लागि डा.विश्वराज पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना र ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस हुने स्रोतले बतायो ।






