काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने भएका छन् ।

जेन–जी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा सार्वजनिक रूपमा उपस्थित हुन सकेका थिएनन् । देउवा बैठकमा उपस्थित हुने भनिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बैठकका लागि सदस्यहरू आउने क्रम जारी छ ।

बैठक दिउँसो १ बजेदेखि सुरु हुने भनिए पनि सभापति देउवा अझै नआएकाले ढिलाइ भइरहेको छ । पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्र्रीय सदस्यहरू भने पुगिसकेका छन् ।