काठमाडौं, १८ असोज – गृह मन्त्रालयले हालको बाढी, पहिरो तथा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्लाको आपतकालीन हेल्पलाइन नम्बरमा सम्पर्क गर्न सक्ने जनाएको छ।
मन्त्रालयले तत्काल उद्धार र राहतका लागि आफ्नो जिल्लाको फोन नम्बरमा सम्पर्क गरी सहयोग माग्न सक्ने व्यवस्था मिलाएको हो। देशका विभिन्न भागमा अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि मन्त्रालयले आपतकालीन सेवा सक्रिय गरेको छ।
विपद्मा परेका नागरिकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विपद् व्यवस्थापन समितिको हेल्पलाइनमा सम्पर्क गरी उद्धार र राहतका लागि अनुरोध गर्न सक्नेछन्।





