काठमाडौँ। हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव सक्रिय रहँदा सबै प्रदेशमा सामान्य वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, पहाडी भू–भागमा सामान्यतया बदली रहिरहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा समेत वर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।




