काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।
निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । मोरक्कोले संयमित प्रदर्शन गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।
नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई खेलमा फर्काएका थिए । अतिरिक्त समयमा कुनै गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो ।
जितसँगै मोरक्कोले अन्तिम १६ मा क्यानडासँग भेट पक्का गरेको छ भने नेदरल्यान्ड्सको विश्वकप यात्रा अन्तिम ३२ मै समाप्त भएको छ । यसपटक नेदरल्यान्ड्सलाई विश्वकपको दाबेदार मानिएको थियो ।





