काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति शुद्धीकरणमा पक्राउ पर्दै भनेर आफरुविरुद्ध मिडिया ट्रायल भएको गुनासो गरेका छन् । उनले सम्पत्ति छानबिन हुनुपर्ने विषयमा आफू अडिग रहेको पनि बताएका छन्।

आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलेपछि शर्माले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु’, उनले लेखेका छन्, ‘तर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’

सम्पत्ति शुद्धीकरण मामिलामा सोमबार मात्र एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो । उनलाई आज काठमाडौँ ल्याइँदै छ।

ADVERTISEMENT

पौडेल र शर्मा दुवैको बिचौलिया दीपक भट्टसँग सम्बन्ध रहेको चर्चा चलेको छ । एमाले र माओवादीबीच एकता भएर नेकपा बन्दा पौडेल र शर्मासँगै भट्टले तस्बिर खिचाएका थिए । हरेक अर्थमन्त्रीलाई भट्टले प्रभाव पार्ने गरेकाले शर्माको नाम जोडिएको अनुमान गरिएको छ ।

ADVERTISEMENT