काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट राख्न थालिएको छ। यो रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रात्रिकालीन खेल सञ्चालन गर्न फागुनदेखि काम थालिएको थियो।

पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडान गरिनेछ। नेपालमा एउटा पनि गतिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान नभएपछि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिएको हो । नेपालमा हुने आइसिसीका अधिकांश प्रतियोगिता त्रिवि क्रिकेट मैदानमै हुने गरेको छ ।

ADVERTISEMENT

असार मसान्तसम्म रंगशाला निर्माण पूरा भइसक्ने कार्यतालिका भए पनि अझै फ्लडलाइट जडान गर्न बाँकी नै छ । त्यसैले ठेकेदारले थप एक महिना समय माग्ने भएका छन् । अहिले विभिन्न पाँच प्रकारका कुर्सी प्यारापिटमा राखिँदै छ ।

ADVERTISEMENT