काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
अस्पतालका सहप्रवक्ता कालिप्रसाद रोस्याराका अनुसार राष्ट्रपति पौडेल बुधबार दिउँसो पौने ४ बजे अस्पताल पुगेका थिए ।
राष्ट्रपतिको स्वास्थ्यमा विभिन्न समस्या रहेकाले नियमित परीक्षण गर्नुपर्ने हुन्छ । सोही क्रममा उहाँ अस्पताल आउनुभएको हो,’ रोस्याराले बताए ।
अस्पतालका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी सवा ४ बजे नै अस्पतालबाट फर्किएका थिए ।












