काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ, जहाँ विशेष र जटिल बिरामीको निगरानी गरिन्छ।

स्रोतका अनुसार ओली मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले विशेष डाक्टरको निगरानीमा स्वास्थ्य परीक्षण अघि बढाइँदैछ। परीक्षणपछि डाक्टरको सिफारिस अनुसार आवश्यक उपचार र अन्य प्रक्रिया तय गरिने छ।

ओलीलाई आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। उनीमाथि जेनजी आन्दोलन दमनका क्रममा भएको घटनामा फौजदारी कारबाही सिफारिस भएको आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो।

ADVERTISEMENT

अस्पतालमा राखिएको ओलीको स्वास्थ्य परीक्षणसँगै उनका कानुनी प्रतिनिधिहरू पनि प्रक्रिया निगरानी गरिरहेका छन्। यस घटनाले देशको राजनीतिक वातावरणलाई अझ संवेदनशील बनाएको छ।

ADVERTISEMENT