काठमाडौं । इनर्जी ड्रिंक ब्रान्ड एक्स्ट्रिमले पाँच नयाँ स्वाद बजारमा ल्याएको छ। उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै कम्पनीले नयाँ फ्लेभर सार्वजनिक गरेको हो।
नयाँ स्वादसँगै अब एक्स्ट्रिमका पारखीले एउटै ब्रान्डअन्तर्गत थप पाँच विकल्प रोज्न पाउने भएका छन्।
कम्पनीले ग्रिन एप्पल स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याएको छ।
त्यस्तै, रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि सार्वजनिक गरिएको छ।
कम्पनीका अनुसार फरक स्वाद, आकर्षक नाम र विविध विकल्पमार्फत उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले यी उत्पादन बजारमा ल्याइएको हो।
पाँचवटै नयाँ फ्लेभरको बिक्री वितरण सुरु भइसकेको कम्पनीले जनाएको छ।
उपभोक्ताको रुचि र मागमा आएको परिवर्तनलाई सम्बोधन गर्दै उत्पादनको दायरा विस्तार गरिएको कम्पनीको भनाइ छ। आगामी दिनमा पनि स्वादमा विविधता थप्दै उपभोक्ताको रोजाइअनुसार उत्पादन विकास गर्ने लक्ष्य कम्पनीले राखेको छ।












