काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

ADVERTISEMENT

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

ADVERTISEMENT

तर सोही प्रक्रियापछि प्रदेश प्रमुखको कार्यालयमा बोलाएर यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनी दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीसमेत हुन् ।