काठमाडौं । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपा नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो।
पार्टीले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशनसमेत दिएको छ।
जसपा नेपालको समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको राजनीतिक समीकरणमा नयाँ चुनौती थपिएको छ।




