काठमाडौं । अशोक राई नेतृत्वको जसपाकी सह-अध्यक्ष रेणु यादव र नेता प्रदीप यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा समाहित भएका छन् । सोमबार दिउँसो रेणु र प्रदीपसहित उनीहरूको समूहलाई उपेन्द्रले स्वागत गरे ।

आइतबार राति उपेन्द्र नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच एकताको सहमति भएको थियो । सो सहमति भएको भोलिपल्टै सोमबार रेणु र प्रदीपसहित उनीहरूको समूह मधेशी जनताको अधिकारका लागि भन्दै उपेन्द्रसँग मिल्न आइपुगेका हुन् ।

‘मधेश आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीयता गणतन्त्रको सरक्षण एवम सम्बर्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चितताका लागि बदलिँदो राजनीतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकोले मधेशी जनताको चाहना र जनअपेक्षालाई सिरोधार्य गरी एकता भएको घोषणा गर्दछु,’ प्रदीपले भने ।

ADVERTISEMENT

अशेक राईले जसपा विभाजन गरेपछि प्रदीप यादवले उपेन्द्रको साथ छाडेका थिए । त्यसपछि उनी केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका थिए । तर फेरि चुनाव आएलगत्तै उनी सांसदको टिकटका लागि जसपा नेपाल प्रवेश गरेका हुन् ।

ADVERTISEMENT

रेणु र प्रदीप कुनै समय उपेन्द्रका दाहिने हात मानिन्थे । तर मन्त्री पदका लागि दुवैले उपेन्द्रलाई धोका दिएका थिए । अहिले फेरि मधेशमा मधेशी दलको माहोल बन्न लागेको देखेर दुवैले अशोक राईको साथ छाडेका छन् । अशोक राई भने केही समयभित्रै एमाले प्रवेश गर्ने बुझिएको छ ।

ADVERTISEMENT