काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठक समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेकै बेला जसपाले यस्तो निर्णय लिएको हो ।

जसपा नेपालको कार्यकारिणी समितिको यसअघिकै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । संसदीय दललाई त्यसको जिम्मेवारी दिएको थियो । जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले यादवलाई सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरे पनि उनले अस्वीकार गरेका छन् । संघमा उपप्रधान तथा स्वास्थ्यमन्त्री र मधेश प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने यादवको अडान थियो । तर कांग्रेस र एमालेले त्यसलाई स्वीकार गरेनन् ।

ADVERTISEMENT

जसपा नेपालले समर्थन फिर्ता लिए पनि सरकार भने ढल्दैन । राष्ट्रिय सभामा भने सत्ता पक्ष अल्पमतमा परेको छ । अहिलेकै गठबन्धन कायम रहेमा आगामी फागुनमा हुने राष्ट्रिय सभा निर्वाचनपछि सत्तारुड दल बहुमतमा पुग्नेछ ।

ADVERTISEMENT